काठमाण्डू, २३ असोज- प्रधानमन्त्री केपी ओलीले पैसाको सदुपयोग गर्न सक्नुपर्ने बताएका छन् ।
बुधबार काठमाण्डूको बुढानीलकण्ठमा होटल उद्घाटन गर्दै ओलीले पैसाले उद्यमशीलता र नयाँ सोच आउने बताए ।
नयाँ ठाउँमा लगानी गर्न सके मात्र पैसाको सही सदुपयोग हुने उनको भनाइ थियो ।
‘हामीले पैसाको सदुपयोग गर्न सक्नुपर्छ। पैसाले एउटा उद्यमशीलता, नयाँ सोच तयार गर्नुपर्छ। नयाँ ठाउँमा लगानी गर्नुपर्छ,’ ओलीले भने, ‘पैसा मात्रै भएर राम्रो काम गरिन्छ भन्ने छैन । पैसा हुने कतिपय मानिस क्यासिनोतिर गएर टाट पल्टिएर फर्किन्छन् । पैसा छ गतिलो काम भइहाल्छ भन्न सकिँदैन । तर पैसा कम भएपनि गतिलो काम गर्न सकिन्छ।’