काठमाण्डु, २३ असोज– यस बर्षको दसैँ बिदामा नेपाल आयल निगमका डिपोहरू आलोपालो खुल्ने भएका छन । दसैँको समयमा हुने पेट्रोलियम पदार्थको मागलाई सुचारु गर्न प्रादेशिक कार्यालय तथा शाखा कार्यालय अन्तर्गत रहेका डिपोहरू आलोपालोमा खोल्न लागिएको नेपाल आयाल निगमले जानकारी दिएको छ ।
जस अनुसार थानकोट र धनगढी डिपो तीन दिन खुल्ने निगमले जनाएको छ । विराटनगर, अमलेखगञ्ज, पोखरा, सुर्खेत, धनुषा, वीरगञ्ज र चारआली डिपो २ दिन खुला हुने निगमले जनाएको छ ।
दाङको इन्धन डिपो एक दिन र नेपालञ्ज र धनगढीको डिपो आवश्यकता अनुसार खुल्ने निगमले जनाएको छ । निगमले सम्बन्धित कार्यालयहरू बन्द भएको अवस्थामा पेट्रोलियम व्यवसायी र ढुवानीकर्ताको सहजताको लागि प्रत्येक डिपोको सम्पर्क व्यक्ति तोकेको छ ।
ती व्यक्तिसँग सम्पर्क गरेर तोकिएको समयमा डिपोबाट पेट्रोलियम पदार्थ दिन सक्ने निगमले जानकारी दिएको छ ।