काठमाण्डु, २३ असोज– काठमाण्डु महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशाला मारवाडी सेवा समितिको बोर्ड हटाएर महानगरको बोर्ड राखेको छ । मारवाडी सेवा समितिले अवरोध गर्दागर्दै महानगरको टोलीले बल प्रयोग गरेर काठमाण्डु महानगरको बोर्ड राखेको हो ।
‘ काठमाण्डु महानगरपालिकाद्धारा सञ्चालित गौशाला धर्मशाला’ उल्लेख गरेको ब्यानर टाँग्न लाग्दा मारवाडी सेवा समितिका सदस्यहरूबीच र महानगर प्रहरीबीच घम्साघम्सी नै चलेको थियो ।
महानगरपालिकाले आज पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गराउन काठमाण्डु महानगरपालिका– ८ का वडाध्यक्ष आशमान संगत र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको टोली धर्मशाला पुगेको थियो ।
अनुसार आज १० बजेसम्म गौशालाको धर्मशाला खाली गर्न मंगलबार नै माइकिङ गरीएको महानगर प्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिएका छन ।