काठमाण्डु, १० असोज– लुम्बिनी प्रदेशका सरकारका पूर्वसामाजिक विकासमन्त्री एवं जनमत पार्टी प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ताविरुद्ध उनकै पत्नी कान्ति गुप्ताले हिंसा सम्बन्धी उजुरी दर्ता गराएकी छन् ।
राष्ट्रिय महिला आयोग र जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा लुम्बिनी सांस्कृतिक नगरपालिका–७ निवासी गुप्ता र उनको परिवारका अन्य सदस्यविरुद्ध मानसिक र शारीरिक हिंसाको आरोप लगाउँदै कारबाहीको मागसहित उजुरी दर्ता गराएकी हुन ।
६ वर्ष अगाडि नवलपरासीको प्रतापपुर गाउँपालिका–९ निवासी कान्ति कुमारी यादवसँग सीकेको विवाह भएको थियो । सीकेले पछिल्लो समय मानसिक यातना दिने र सासु–ससुराले शारीरिक यातना दिने गरेको भन्दै पीडित कान्तिले उजुरीमा बताएकी छन ।
गत वर्ष यस्तै उजुरी राष्ट्रिय महिला आयोगमा दिइएकोमा ‘अबदेखि यस्तो गल्ती नगर्ने’ भन्दै सीकेले लिखित प्रतिबद्धता जनाएका थिए । उनी रुपन्देहीको क्षेत्र नम्बर ५ ९२०बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।