अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन

काठमाण्डु टुडे २०८१ असोज १० गते १६:१३ मा प्रकाशित

काठमाण्डु, १० असोज– नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाण्डुमा सुरु भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेर राष्ट्रिय सम्मेलन सुरु गरेका हुन् ।

नयाँ नेतृत्व चयनसहित शैक्षिक मुद्दामा केन्द्रित रहेर चार दिनसम्म चल्नेछ । त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा सुरु भएको राष्ट्रिय सम्मेलनमा दुई हजार ३२३ प्रतिनिधि सहभागी हुने अखिलले क्रान्तिकारीले जनाएको छ ।

अखिलले पदाधिकारीसहित २४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us