प्रधानमन्त्री ओलीलाई आफ्नै बोली घातक बन्दै

काठमाण्डु टुडे २०८१ असोज १० गते १५:०० मा प्रकाशित

काठमाण्डु, १० असोज–  संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन अमेरिकाको राजधानी न्युयोर्कमा पुगेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली अहिलो विभिन्न देशका राष्ट्र प्रमुखको भेटघाटमा व्यस्त रहेका छन । न्युयोर्क भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घकका महासचिव एन्टोनियो गुटेरेस, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बे, कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सँग साइडलाइन वार्ता गरेका छन ।

प्रधानमन्त्री ओलीको विभिन्न राष्ट्र प्रमुख हरुको साइडलाइन भेटवार्ता सँगै आइतबार स्वागत कार्यक्रम आयोजना गरीएको थियो । प्रधानमन्त्री ओली र प्रराष्ट्रमन्त्री आरजु राणा देउवा लाई प्रवासी नेपालीहरुको तर्फबाट कार्यक्रम आयोजना गरीएको थियो । तर प्रधानमन्त्री ओली र प्रराष्ट्रमन्त्री देउवाको कार्यक्रम भने सुरक्षा संवेदनशीलताको कारण स्थगित हुन पुग्यो ।

नेपाल महावाणिज्य दुतावास न्युयोर्कले सुचनानै जारी गरी सुरक्षा संवेदनशीलताको कारण कार्यक्रम स्थगित भएको जानकारी गराएको थियो । स्वागत समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझावलाई समेत ध्यानमा राखेर अन्तीम समयमा आएर कार्यक्रम स्थगित गरीएको थियो ।

न्युयोर्कमा अवस्थित नेपाली समुदायले प्रधानमन्त्री ओली र प्रराष्ट्रमन्त्री देउवाको स्वागत गर्ने तयारी गर्दै गर्दा नेपालीहरुको असन्त्तुष्टि पनि उतीकै थियो ।

त्यसैले स्वागतकै क्रममा प्रधानमन्त्री ओलीको विरोध हुने खालका गतिविधि हुन सक्ने देखिएपछि एका एक कार्यक्रम स्थगित गरीयो । तर कार्यक्रम स्थगित गरीएको भनी सुचना जारी गर्नू अधिनै प्रधानमन्त्री ओलीमाथि दुव्र्यवहार भएको भनि भ्रम फैलाउने केसिस समेत भयो ।

त्यसो त पछिल्लो समय प्रधानमन्त्री ओलीको जताततै विरोध हुन थालेको छ । गत ३ असोजमा संविधान दिवसको अवसमा काठमाण्डुको दवार मार्गमा भएको ‘न्यासनल डे कन्सर्ट’मा पनि ओलीको विरोध भएको थियो ।

उक्त कार्यक्रममा पनि काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेको पक्षमा नार लाग्य । उक्त कार्यक्रमा ओली उपप्रधानमन्त्री विष्णु पौडेल, पत्नि राधिका शाक्य सहित सहभागी भएका थिए ।

संविधान दिवसको अवसरमा शुभकामना दिन स्टेजमा पुगेका प्रधानमन्त्री ओलीले शुभकामना दिँदै गर्दा मेयर बालेनका समर्थकले ‘बालेन’, ‘बालेन’ भन्दै नारा लगाएका थिए । पछिल्लो समय जात्रा तथा विशोष समारोहमा मेयर बालेनका समर्थकले देशका राष्ट्रपति, प्रधानमन्त्री सहित दलका नेता पुगेका कार्यक्रममा मेयर बालेनको पक्षमा नारा लगाउँदै नारबाज्जी गर्ने गरेका छन ।

पछिल्लो समय सरकारले पनि यस्ता स्थानमा नारबाज्जी गर्ने युवाहरुको समुहलाई पक्राउ गर्दै आएको छ । अहिलो राजनीतिक दल र तिनका नेता प्रति आम नागरीकमा वितृष्णा छ ।

तर प्रधानमन्त्री ओलीको बुझाइ भने परिचालत रुपमा आफु विरुद्ध नारा बाजी हुने गरेको भन्ने छ । यसै कारण पछिल्लो समय प्रधानमन्त्री ओली आम नागरीकको निशानाको केन्द्रमा पर्दै गएका छन । यसको प्रमुख काराण भने ओली आफैले दिने गरेको घातक अभिव्यक्ति नै हो । पछिल्लो समय प्रधानमन्त्री ओली र काठमाण्डु महानगरपालिकाका मेयर बालेनबीच सामाजिक सञ्जालमा लडाइ हुने गरेको छ ।

यसको कारण पनि मेयर बालेनका समर्थक हरुले प्रधानमन्त्री ओली सहभागि हुने कार्यक्रममा अवरोध गर्ने र ओलीलाई निशानाको केन्द्रबिन्दुमा राख्ने गरेका छन । ओलीले पनि आफ्ना कार्यकताहरुलाई मेयर बालेन सँग भिड्न आदेश दिने गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us