काठमाण्डु, १० असोज– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु चिन भ्रमण सकेर स्वदेस फिर्ता भएका छन । रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा चिन गएको रास्वपाको टोली आज बिहिबार स्वदेस फिर्ता भएको हो ।
गोर्खा मिडियाका तत्कालिन सञ्चालक एवं पूर्व डीआइजी छविलाल जोशी पक्राउपरेसँगै रास्वपा सभापति रावि लामछिाने पनि पक्राउ पर्ने चर्चा सुरु भएपछि ९ दिनको लागि चिन भ्रमणमा गएको टोली ५ दिनमा नै स्वदेस फिर्ता भएको हो ।
९ दिनको भ्रमणलाई छोट्टाएर आफूहरू आज फर्किएको उपसभापति वाग्लेले बताए। आज ८ जना फर्किएको र बाँकी ६ जना भोलि फर्किने उनले जानकारी दिएका छन ।
सभापति लामिछाने पक्राउ पर्ने चर्चा चलेपछि रास्वपाले नेताहरूलाई फर्काउने निर्णय गरेको थियो । उनीहरू असोज ५ गते चीन भ्रमणमा गएका थिए ।