काठमाण्डु, १० असोज– काठमाण्डुको लैनचौरमा दुई स्कुटर एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाको मेलुङ गाउँपालिका–५ घर भएका २१ बर्षीय रुपेस केसी रहेको प्रहरीले जानकारी दिएको छ ।
काठमाण्डु महानगरपालिका–२ लैनचौरस्थित सडकमा . बा ७९ प ५४७८ नम्बरको स्कुटर र बा प्र–०२–०३६ प ७४४९ नम्बरको स्कुटर एकआपसमा ठोक्किदा केसीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । अर्का स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको पनि प्रहरीले जानकारी दिएको छ ।