भैंसेपाटीकी इन्स्पेक्टरको जिम्मेवारी खोसियो

काठमाण्डु टुडे २०८१ असोज १० गते १३:११ मा प्रकाशित

काठमाण्डु, १० असोज– प्रहरी विभाग भैंसेपाटीकी प्रमुख इन्स्पेक्टर बिनुकुमारी शाहीको जिम्मेवारी खोसिएको छ । बलात्कार सम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेले उनलाई जिम्मेवारीबाट फिर्ता बोलाउने निर्णय भएको जानकारी दिएका छन ।

यस्तै उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख एआईजी किरण बज्राचार्यले थप छानबिनका लागि शाहीलाई तत्कालका लागि जिम्मेवारीबाट मुक्त गरिएको बताइन् ।

उनले भनिन्, ‘हिजो बेलुकी यस विषयमा छानबिन समिति पनि बनाएका छौं, उहाँलाई तत्काललाई उपत्यका प्रहरीमै बोलाएका छौं ।’ उपत्यका प्रहरी कार्यालयको निर्देशन अनुसार, यो प्रकरणमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति बनेको छ ।

समितिले दिने प्रतिवेदनका आधारमा उनलाई कस्तो किसिमको कारबाही हुने टुंगो लाग्ने बताइएको छ । ललितपुर प्रहरीका अनुसार, इन्स्पेक्टर शाहीले एक व्यवसायीलाई नियन्त्रणमा लिएर ३० लाख रुपैयाँ लेनदेन गरेको आरोप छ । उनले त्यो रकम आफन्तको नाममा रहेको खातामा हाल्न लगाएको आरोप छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us