काठमाण्डु, १० असोज– निर्वाचन आयोगले आगामी मङ्सिरमा १६ गतेका लागि तय गरेको स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ताको काम सुरु भएको छ । आयोगले आजदेखि असोज १६ गतेसम्म दल दर्ताको समय दिएको छ ।
उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले असोज १० गतेदेखि असोज १६ गतेसम्म दल दर्ता गराउनुपर्ने आयोग जनाएको छ । यसअघि नै दर्ता भएका दलहरूले संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ अनुसार आफ्नो दललाई पुनः सक्रिय बनाउन असोज १६ सम्म निवेदन दिनुपर्ने आयोगद्वारा जारी सूचनामा उल्लेख गरीएको छ ।
निवेदन दिनका लागि, दलहरूले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ अनुसार तयार पारिएको ढाँचामा कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा निवेदन पेश गर्नुपर्ने महान्यायाधिवक्ता केदार कुमार अधिकारीले जानकारी दिएका छन । स्थानीय तहमा रिक्त रहेका ४० पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
गर्ने २ जिल्ला समन्वय समिति प्रमुख, २ गाउँपालिका अध्यक्ष, १ नगरपालिका प्रमुख, ४ गाउँपालिका उपाध्यक्ष, १ नगरपालिका उपप्रमुख, ९ गाउँपालिका वडाध्यक्ष, र २१ नगरपालिका वडाध्यक्षका पदहरू रिक्त्त रहेको छ ।