लेखराजलाई सँगै राखेर पोखरेलले भने– माओवादी द्वन्द्वकालमा आतङ्क सिर्जना गरियो

काठमाण्डु टुडे २०८१ असोज ९ गते १४:३५ मा प्रकाशित

काठमाण्डु,९ असोज– एमाले महासचिव शंकर पोखरेलले नेकपा माओवादीले थालेको सशस्त्र द्वन्द्वकालमा हिंसा मात्रै नभएर आतङ्क मच्चाउने कार्य भएको दाबी गरेका छन ।

आज (बुधबार) प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन ।

नेकपा माओवादी केन्द्रकापूर्वस्थायी कमिटी सदस्य समेत रहेका एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टलाई सँगै राखेर आयोजना गरिएको पत्रकार सम्मेलनमा पोखरेलले यस्तो बताएका हुन ।

उनले भने, ‘माओवादी द्वन्द्वकालमा हिंसा मात्रै भएन । यथार्थ रूपमा भन्नुहुन्छ भने, त्यो समयमा राष्ट्रमा आतङ्क सिर्जना गर्ने खालको काम भयो र दिनदहाडै बसमाथि आगजनी गर्ने काम भयो ।

राति घरमा सुतेको अवस्थामा एकै घरको ११–११ जनाको हत्या गर्ने काम भयो । यो हिंसा मात्रै होइन, आतङ्क पनि हो ।’ महासचिव पोखरेलले माओवादीलाई आतंककारीको समेत संज्ञा दिइरहँदा लेखराज भटट् भने आँखा नै बन्द गरेर सुनिरहे । त्यसताका लेखराज नै अधिकांश युद्ध मोर्चाको नेतृत्व गरेका थिए ।

नेकपा फुटेपछि भटट् एमालेमा लागेका हुन् । महासचिव पोखरेलले माओवादी द्वन्द्वकालमा उत्पन्न हिंसाको आलोचना गर्दा त्यसलाई संसदीय हो भनेर संसदमा रोक्ने काम भएको पनि बताए ।

नयाँ सरकार गठनपछि सरकारबाट बाहिर जानुपरेका कारणले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छटपटीले मुलुकको राजनीतिमा तनाव पार्ने काम गरेको बताउँदै उनले सरकार गठनपछि प्रचण्डले संसदमा दिएको अभिव्यक्ति असंसदीय र अराजनीतिक अभिव्यक्ति रहेको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us