काठमाण्डु,९ असोज– ललितपुरमा आगलागी नियन्त्रण सचेतना अभियान सुरु गरीएको छ ।
आज (बुधवार)देखि ललितपुर महानगर विपद् व्यवस्थापन शाखाले ‘चिने आगो जीवन बचाउने, नचिने त्यही संसार जलाउने’ भन्ने नारासहित आगलागी नियन्त्रण सचेतना अभियान कार्यक्रम सुरु गरिएको हो ।
सोही कार्यक्रम अन्तर्गत ललितपुरमा आगलागी रोकथामका उपाय, अनपेक्षित आगलागीका पूर्व तयारीका प्याम्लेट, श्रव्य दृश्यका कार्यक्रमहरू शुभारम्भ पनि गरिएको छ ।
ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले आगलागी नियन्त्रण सचेतना कार्यक्रम शुभारम्भ गरेका हुन । ललितपुर महानगर प्रहरीको संयोजनमा दस जनाको समूह अभियानमा खटिने नगर प्रमुखले जानकारी दिएका छन ।
चाडपर्व नजिकिँदै गर्दा आगलागीका घटना बढ्ने हुँदा ललितपुर महानगरले सचेतना कार्यक्रम सुरु गरेको ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिएका छन ।