राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

काठमाण्डु टुडे २०८१ असोज ९ गते १२:३९ मा प्रकाशित

काठमाण्डु,९ असोज– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आयोगको वार्षिक प्रतिवेदन पेस गरेका छन । आज बुधबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर अध्यक्ष विश्वकर्माले आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन ।

अध्यक्ष विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८०– ८१ को आयोगको वार्षिक प्रतिवेदन पेस गरेका राष्ट्रपति कार्यालयले स्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us