बनेपामा इटाली र जर्मन पर्यटक लुटिए

काठमाण्डु टुडे २०८१ असोज ९ गते ९:४४ मा प्रकाशित

बनेपा, ९ असोज– विदेशी नागरिकमाथि लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

प्रहरीले लुटपाट आरोपमा बनेपाबाट तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नवलपरासीका हरि चौधरी, रामेछाप सुनापतीका सन्देश जैरु र पनौती नगरपालिका–९ सुन्थानका उज्ज्वल दाहाल छन् । उनीहरुका साथबाट लुटिएका सामानसमेत बरामद गरिएको छ ।

उनीहरुले चक्कु देखाएर इटाली र जर्मन पर्यटकका सामान लुटेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us