प्रधानमन्त्री ओली र फिन्ल्याण्डका प्रधानमन्त्रीबीच भेट

काठमाण्डु टुडे २०८१ असोज ९ गते ६:५९ मा प्रकाशित

काठमाण्डू, ९ असोज- संयुक्त राष्ट्रसंघको ७९औं महासभाका दौरान अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी ओली र फिनल्यान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच मंगलबार भेटवार्ता भएको छ ।

उनीहरूबीच द्विपक्षीय चासो र आपसी हितका विषयमा कुराकानी भएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ ।

मंगलबार नै प्रधानमन्त्री ओली र  सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच पनि भेटवार्ता भएको थियो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us