सिंहलाई मिश्रको प्रहार– बालमन्दिरमा दिदी बचाउन खोज्नेलाई चुनाव नहराई छोड्दिन

काठमाण्डु टुडे २०८१ असोज ८ गते १७:२८ मा प्रकाशित

काठमाण्डु, ८ असोज– राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहमाथि बालमन्दिरको विषयमा प्रश्न गरेका छन ।

आज मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले अनाथ बालबालिकाको ‘बाल मन्दिर’ नै ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाऊ नगर्न आग्रह पनि गरेका छन ।

उनले दिदी बचाउनलाई ‘मुद्दा नै ढिसमिस गर्न खोज्ने’ सिंहलाई चुनाव हराइदिने दाबी समेत गरेका छन् ।

उनले लेखेका छन, ‘जुन दिन म तपाईँलाई हराउँछु नि, त्यस दिन बल्ल यो देशको वास्तविक रूपान्तरणको शंखनाद हुनेछ ।

यसलाई शाब्दिक होइन, प्रतिकात्मक रूपमा बुझ्नुहोला ।’ साथै उनले विगतमा एक्लै लडेको भए सिंहलाई चुनाव हराएर देखाउन सक्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us