काठमाण्डु, ८ असोज– सहकारी संस्थाको रकम अपचलन आरोपमा पक्राउ परेका गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको पहिलो दिनको बयान सकिएको छ ।
जोशी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन आरोपमा पक्राउ परेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिलको कार्यालयमा जिल्ला न्यायाधीश कमला काफ्लेको उपस्थितिमा जोशीको मंगलबार बयान लिइएको हो ।
बयान बुधबार पनि जारी रहने छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले बयान सकिन ३ दिन लाग्ने उनले जानकारी दिएका छन ।
आइतबार काठमाण्डुबाट पक्राउ परेका जोशीलाई सोही राति जहाजमार्फत पोखरा ल्याइएको थियो ।
सोमबार जिल्ला अदालत कास्कीले जोशीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।