दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी

काठमाण्डु टुडे २०८१ असोज ८ गते १४:२१ मा प्रकाशित

काठमाण्डु, ८ असोज– सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट सर्वोच्चमा दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ ।

व्यवसायी प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए ।

आज मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

प्रसाईंलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्ध साइबर अपराधमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us