प्रचण्ड र रवीन्द्र मिश्रबीच भेटवार्ता

काठमाण्डु टुडे २०८१ असोज ८ गते १२:३१ मा प्रकाशित

काठमाण्डु, ८ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाका) उपाध्यक्ष रवीन्द्र मिश्रबिच भेटवार्ता भएको छ ।

आज (मंगलबार) अध्यक्ष प्रचण्ड निवास खुमलटारमा मिश्रले प्रचण्डसँग भेट गरेका हुन् ।

प्रचण्डसँग भेटपछि सामाजिक सञ्जालमा भेटवार्ताबारे जानकारी दिँदै मिश्रले राजसंस्था पुर्नस्थापना नगर्ने हो भने विस्फोटको देश अवस्थातिर जानसक्ने तर्फ प्रचण्डको ध्यानाकर्षण गराएको बताएका छन ।

साथै, प्रचण्डसँगको भेटमा उनले राखेको अर्थपूर्ण धारणा भन्दै मिश्रले ७ बुँदामा जानकारी गराएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us