काठमाण्डु, ८ असोज– कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगंगा नगरपालिका–९ बस्ने ८४ वर्षीय हर्कबहादुर बम रहेको प्रहरीले जानकारी दिएको छ ।
सोमबार साँझ गौरीगंगा नगरपालिका–९ मसुरियामा सुपप्र ०१९००१ क २४६४ नम्बरको बसले ठक्कर दिंदा बमको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सडकमा बाटो काट्ने क्रममा बमलाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कवीन्द्रसिंह बोहोराले जानकारी दिएका छन ।
बमको सोमबार राति धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी बोहोराले जानकारी दिएका छन । बस र चालक गौरीगंगा नगरपालिका-९ का ४५ वर्षीय नारायणबहादुर भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएर घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।