त्रिविका ०५८ यताका विद्यार्थीलाई मौका परीक्षाको अवसर

काठमाण्डु टुडे २०८१ असोज ८ गते ९:१७ मा प्रकाशित

काठमाण्डू, ८ असोज- त्रिभुवन विश्वविद्यालयले समय सीमा कटेर परीक्षा दिन नपाएका विद्यार्थीहरूका लागि मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ ।

त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डा. खड्ग केसीको अध्यक्षतामा सोमबार बसेको बैठकले वार्षीक प्रणाली अन्तर्गत २०५८ यताका र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ यताका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने निर्णय गरेको हो ।

त्रिविले मंगलबार एक सूचना जारी गर्दै निर्णय सार्वजनिक गरेको छ ।

सूचनामा जनाइएअनुसार मौका परीक्षामा त्रिवि अन्तर्गतका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय र विज्ञात तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरु सहभागी हुन पाउने छन्

बैठकले त्रिविबाट सञ्चालन हुने जुनसुकै परीक्षामा पनि एआई प्रयोग गरेको भेटिए  त्यस्ता विद्यार्थीको परीक्षा रद्द गर्ने निर्णय पनि गरेको छ ।

 

 

460462156_2698694776977442_3832011226112590273_n-1727146465.jpg

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us