काठमाण्डु, ७ असोज– पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले अमेरिकामा रहेका नेपाली विद्यार्थीहरूलाई एउटा अनुरोध गरेकी छन । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एउटा प्रश्न सोधिदिन उनले आग्रह समेत गरीकी छन ।
प्रधानमन्त्री ओलीले २७ सेप्टेम्बरमा हार्वर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रक रहेको छ । उक्त कार्यक्रममा सहभागी हुने विद्यार्थीहरूलाई एउटा प्रश्न सोध्न पूर्व मन्त्री सुमनाले आग्रह गरेकी छन ।
सामाजिक सञ्जालमा एउटा स्ट्याटस लेख्दै उनले भनेकी छन्, ‘नेपाल फर्किएर आएका युवालाई तुच्छ व्यवहार गर्ने, देशलाई पुरुषको मात्र हो, महिलाको त माइत हो भन्ने व्यक्तिले कुन नैतिक धरातलले देश फर्क भन्ने हो ?
उनले नेपाल महिलाको माइत मात्रै हो भन्ने व्यक्तिलाई कुन नैतिकताले युवाहरूलाई स्वदेश फर्किनुहुन्छ भनेर आग्रह गर्नेबारे प्रश्न सोध्न समेत आग्रह गरेकी छन ।
शिक्षामन्त्री भएको बेला ओलीले श्रेष्ठलाई विदेशी नागरिक भएको र नेपाल माइत मात्रै भएको भनेका थिए । त्यसयता ओली र श्रेष्ठबिच वाकयुद्ध चल्दै आएको छ ।