रौतहटमा पोखरीमा डुबेर महिलाको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज ७ गते १६:३६ मा प्रकाशित

काठमाण्डु, ७ असोज– रौतहटको राजदेवी नगरपालिकामा पोखरीमा डुब्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीया गिरीजा देवी रहेको प्रहरीले जानकारी दिएको छ ।

रौतहटको राजदेवी नगरपालिका– ८ लक्ष्मीपुरमा रहेको पोखरीमा सोमबार नुहाउने क्रममा डुबेर देवीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जितिया पर्व सुरु गर्नुअघि पोखरी, जलाशय, नदीमा महिला व्रतालुहरुको नुहाउने चलन अनुसार गाँउमा रहेको पोखरीमा नुहाउन गएकी प्रमोद साह कानुको श्रीमती गिरीजा देवीको आज विहान ११ बजेको समयमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पोखरीमा महिला डुबेको खबर पाउना साथ सशस्त्र प्रहरीको विओपी बेलविछवा र प्रहरी चौकी वेलविछवाबाट खटिएका सुरक्षाकर्मीहरुको टोलीले महिलाको उद्धार गरेको थियो ।

गम्भीर अवस्थामा रहेकी उनलाई उपचारको लागी प्रादेशिक अस्पताल गौर पठाइएको थियो । अस्पताल ल्याउने क्रममै उनको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटका एसपी विक्रम हुमागाईले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us