कांग्रेस सांसद शर्माद्वारा दुर्गा प्रसाईँ पक्राउको विरोध, रिहाइको माग

काठमाण्डु टुडे २०८१ असोज ७ गते १४:४८ मा प्रकाशित

काठमाण्डु, ७ असोज– कांग्रेसका सांसद डा. सुनिल शर्माले मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउको विरोध जनाएका छन । उनले प्रसाईंको गिरफ्तारीको भर्त्सना गर्दै तत्काल निःशर्त रिहाईगर्न समेत सरकारसँग माग गरेका छन ।

उनले भने, ‘सरकारले जनतालाई डेलिभरी दिने, समयसापेक्ष जनताका पक्षमा काम गर्ने जिम्मेवारी बिर्सेर सरकारका गलत कामका विरुद्ध बोल्ने, सरकारलाई खबरदारी गर्ने अभियन्ताको बोली बन्द गराउने गलत नियतले दुर्गा प्रसाईँजीलाई गिरफ्तार गर्नु राज्य आतङ्क हो ।’ लोकतन्त्र स्वतन्त्र अभिव्यक्ति दिने हरेक नेपाली नागरिकको अधिकार भएको पनि उनले बताएका छन ।

उनले गरिब र निमुखाहरूको आवाज बोक्ने अभियन्ता प्रसाईँलाई गिरफ्तार गर्न तर्फ सरकारको ध्यान दाजु दुखद भएको पनि बताएका छन । उनले भने, ‘लोकतन्त्रको घाटी निमोठ्ने काम बन्द गरियोस्। तत्काल सामाजिक अभियन्ता दुर्गा प्रसाईँको निःशर्त रिहाइको माग गर्दछु ।’ प्रसाईँ साइबर अपराधको आरोपमा आइतबार पक्राउ परेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us