दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै प्रदर्शन

काठमाण्डु टुडे २०८१ असोज ७ गते १४:२९ मा प्रकाशित

काठमाण्डु, ७ असोज– आज सोमबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालका सदस्यहरूले काठमाण्डुको माइतीघरमा विरोध गरेका हुन ।

प्रसाईंलाई आइतबार भक्तपुरबाट पक्राउ गरीएको थिए । उनलाई तीन दिन म्याद थप गरी अनुसन्धान गर्न काठमाण्डु जिल्ला अदालतले अनुमति दिइसकेको छ ।

गत असोज २ मा जिल्ला अदालत काठमाण्डुले उनलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर ब्यूरोमा जाहेरी दर्ता भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us