काठमाण्डु, ७ असोज– हिजो मात्रै पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । प्रसाईंका कानुन व्यवसायी बन्दिप्रत्यक्षीकरणको निवेदन बोकेर सर्वोच्चमा मुद्दा दर्ता गराएका हुन ।
निवेदन सर्वोच्चमा पेस भएको र अध्ययनको क्रममा रहेको प्रवक्ता अच्युत कुईकेलले जानकारी दिएका छन । साइबर अपराधको आरोपमा प्रसाई आइतबार पक्राउ परेका थिए भने काठमाण्डु जिल्ला अदालतले प्रहरीलाई अनुसन्धानका लागि ३ दिनको म्याद दिएको छ ।