गहना पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज ७ गते १४:०७ मा प्रकाशित

काठमाण्डु, ७ असोज– काठमाण्डुको टोखामा रहेको गहना पोखरीमा डुबेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । काठमाण्डुको टोखा नगरपालिका–६ टोखा बजार नजिकै रहेको गहना पोखरीमा डुबेर चार वर्षीया बालिका गुराँस सहनीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ घर भई आमा दुर्गा सहनीसँग टोखा–८ जल्पा चोक बस्दै आएकी बालिका आइतबार दिउँसो पोखरीमा डुबेकी थिइन् । उनको आइतबार राति नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us