श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई प्रचण्डको बधाई

काठमाण्डु टुडे २०८१ असोज ७ गते १०:२२ मा प्रकाशित

काठमाण्डु, ७ असोज- पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले श्रीलङ्काको नवौं राष्ट्रपतिको निर्वाचनमा ऐतिहासिक जित हासिल गरेकोमा अनुरा कुमारा दिसानायकेलाई बधाई दिएका छन् ।
अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत राष्ट्रपति दिसानायकेसहित उनले नेतृत्वको गरेको गठबन्धन नेशनल पिपुल्स पावर र उनको दल जेभीपीलाई बधाई दिएका हुन् ।
प्रचण्डले ‘भ्रष्टाचार, आर्थिक संकट र भूराजनीतिक तनावको सही समाधानको रूपमा मार्क्सवादी नेता चयन गर्ने श्रीलंकाली जनतालाई म सलाम गर्छु । उहाँको कार्यकालमा नेपाल र श्रीलंकाबीचको सम्बन्ध थप सुमधुर हुने विश्वास लिएको छु।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us