काठमाण्डु, ७ असोज- प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाको सहयोगका लागि न्यूयोर्कमा स्वागत गर्न सोमबारका लागि तय भएको कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ ।
न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले विज्ञप्ति जारी गर्दै सोमबार हुने कार्यक्रम स्थगित भएको जनाएको छ ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यू तथा परराष्ट्र मन्त्री आरजु राणा देउवाज्यूको संयक्त राष्ट्र संघको महासभा, समित अफ् द फ्युचर तथा अन्य साइडलाइन मिटिङहरूमा व्यस्त रहनुपरेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे संबन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।
प्रधानमन्त्री ओली राष्ट्र संघको ७९औं महासभाका दौरान न्युयोर्कमा छन् । रास्वपा कार्यकर्ता र पहिचानवादी संगठनले कालो झण्डा देखाउने तयारी गरेको सूचना पाएपछि ओलीले कार्यक्रम स्थगन गर्न लगाएका थिए ।