ओलीले न्यूयोर्कमा भेटे मोदी

काठमाण्डु टुडे २०८१ असोज ७ गते ५:३८ मा प्रकाशित

काठमाण्डु, ७ असोज- संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी ओेली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । ओली र मोदीबीच द्विपक्षीय हित र चासोका विविध विषयमा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ ।

भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, भारतका विदेशमन्त्री एस जयशंकर प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, दुवै देशका परराष्ट्र सचिव तथा न्यूयोर्कस्थित राष्ट्र संघका लागि स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी थिए । प्रधानमन्त्री ओलीले भुटानका प्रधानमन्त्री छिरिङ्ग तोग्बे, कतारका राजकुमार शेख सबाह लगायतसँग पनि साइडलाइन भेटवार्ता गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us