रवि लामिछानेद्वारा प्रहरी घेराबीच सत्तारुढ दलका नेतासँग टेलिफोन संवाद

काठमाण्डु टुडे २०८१ असोज ६ गते २१:३७ मा प्रकाशित

काठमाण्डु, ६ असोज- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सत्तारुढ काँग्रेस र एमालेका नेताहरुसँग कुराकानी गरेका छन् ।
सो पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले दलका नेताहरुसँग सभातिले परामर्श गरेको जानकारी दिए । रास्वपा केन्द्रीय कार्यालयमा जारी पार्टी बैठकबाट बाहिर आएर श्रेष्ठले सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका थिए । श्रेष्ठले लामिछानेले पार्टीमा आन्तरिक छलफल र अरु दलका नेतासँगको परामर्शमा रहेको बताए । यद्यपि उनले को को नेतासँग के कुरा भयो भन्नेबारे थप खुलाएनन् ।
लामिछानेलाई पक्राउ गर्ने तयारी भएको चर्चाका बीच ठूलो संख्यामा रास्वपा कार्यकर्ताहरु वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा भेला भएका छन् । उनीहरुले रवि दाई, हाइहाई । हाम्रो रवि हाम्रो देश प्राणभन्दा प्यारो छ । रवि दाई हाम्रो शान, नेपालको पहिचान भन्नेजस्ता नारा लगाएका छन् ।

सहकारीको रकम गोर्खा मिडियमा ल्याएको आरोपमा गोर्खा मिडियाका सञ्चालक पूर्वडिआईजी छविलाल जोशी आइतबार अपराह्न पक्राउ परेका थिए । उनलाई राति जहाजबाट पोखरा लगिएको छ । रास्वपा कार्यालय बाहिर बाक्लो संख्यामा प्रहरी तैनाथी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us