एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु: दुर्गा प्रसाईं

काठमाण्डु टुडे २०८१ असोज ६ गते १६:५३ मा प्रकाशित


काठमाण्डु, ६ असोज– मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एक थोपो रगत रहेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग लड्ने घोषणा गरेका छन ।

प्रहरीले प्रसाईंलाई उनको निजी निवास भक्तपुरबाट पक्राउ गर्दै गर्दा उनले प्रधानमन्त्री ओलीसँग एक थोपो रगत भएसम्म लड्ने घोषणा गरेका हुन । पक्राउ गर्न पुगेका प्रहरीलाई प्रसाईंले भने, ‘पक्रेजस्तो नगर्नुस् न ।

भ्रष्टाचारीलाई जस्तो नगर्नुस् न १ एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु क्या !’ प्रसाईंलाई आइतबारै प्रहरीले म्याद थप गर्ने तयारी गरीसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us