पाँचथर बम विस्फोटका घाइतेको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाण्डु टुडे २०८१ भदौ २५ गते ८:४८ मा प्रकाशित

पाँचथर,२५ भदौ- पाँचथरको फालेलुङ गाउँपालिका- ५ डाँडागाउँमा बेवारिसे बम विस्फोटमा परी घाइते भएका दुई बालकको सरकारले निःशुल्क उपचार गर्ने भएको छ ।

सोमबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले बम विस्फोटमा घाइते भएका पवन राई र दिप्सन राईको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो ।कीर्तिपुरस्थित बर्न अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ ।

भदौ १३ गते डाँडागाउँमा भएको उक्त बम विस्फोटबाट मृत्यु भएका ११ वर्षीय दिप्सन सावा र अढाइ वर्षीया प्रिन्सा सावाको परिवारलाई जनही ५।५ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय पनि मन्त्रीपरिषद बैठकले गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us