काठमाण्डु, २४ भदौ– राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
नेपाली सेनाका परमाधिपतिसमेत रहेका पौडेलले सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहबीच सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरे ।
राष्ट्रपतिले प्रधानसेनापति सिग्देललाई पद तथा गोपनीयताको शपथ ग्रहणसमेत गराए ।
प्रभुराम शर्माको अवकाशपछि पौडेलले गत १२ भदौ मा सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेका थिए । सिग्देलले आजैबाट पद सम्हाल्ने छन् ।