चितवन, २४ भदौ– चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
चितवन प्रहरीका अनुसार वीरगन्जबाट कुखुराको दाना लिएर भरतपुरतर्फ आइरहेको ना८ख २८१८ नम्बरको कन्टेनरले विपरीत दिशामा रहेको बागमती प्रदेश०६–००३प ४८५१ नम्बरको मोटरसाइकल सोमबार बिहान रत्ननगर नगरपालिका–३ शान्तिचोकमा ठक्कर दिएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक रत्ननगर–१५ का ३४ वर्षीय जीवन मग्रातीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मग्रातीको उपचारका क्रममा बकुलहर अस्पताल टाँडीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।
ठक्कर दिने कन्टेनर र चालक बारा गडीमाई नगरपालिका–५ का ३६ वर्षीय श्यामसुन्दर सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।