सुर्खेत उडेको श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

काठमाण्डु टुडे २०८१ भदौ २४ गते ९:२० मा प्रकाशित

काठमाण्डु, २४ भदौ– काठमाण्डुबाट सोमबार बिहान सुर्खेत उडेको श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण गरिएको छ ।

उडेको केही समयै विमान बिहान ८ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण भएको हो ।

जहाजमा प्राविधिक समस्या आएकाले अवतरण गराइएको श्री एयर व्यवस्थापनले जनाएको छ ।

जहाजमा ‘नोज ह्विल लक’ भएको विमानस्थलका अधिकारीले बताएका छन् ।

श्री एयरका प्रबन्ध अनिल मानन्धरले जहाज मर्मतपछि समस्याबारे विस्तृतमा थाहा हुने बताए ।

उनका अनुसार यात्रुलाई अर्को जहाजबाट सुर्खेत लगिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us