डेंगीबाट झापामा दुई जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ २४ गते ८:०३ मा प्रकाशित

झापा, २४ भदौ– डेंगी सङ्क्रमणका कारण झापामा दुईजनाको ज्यान गएको छ ।

हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का ८ वर्षीय आलोकजङ्ग बस्नेतको डेंगी संक्रमणका कारण ज्यान गएको हो । झापामा साउनयता मात्र

डेंगी सङ्क्रमितको सङ्ख्या १ सय २८ पुगिसकेको छ । कोशी प्रदेशमा डेङ्ग‍ुबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् ।

कोशी प्रदेशमा सबैभन्दा बढी मोरङमा सङ्क्रमितको सङ्ख्या ५ सय ३२ पुगेको छ , झापा, धनकुटा र सुनसरीमा डेङ्गीका सङ्क्रमित धेरै पाइएको छ । ताप्लेजुङमा भने डेङ्गीको एकजना पनि सङ्क्रमित भेटिएका छैनन् ।

स्वास्थ्य निर्देशनालय धनकुटाका फोकल पर्सन सुरक्षा खत्रीका अनुसार धनकुटामा ८० र सुनसरीमा ७० जनामा डेङ्गी सङ्क्रमण भएको छ ।

यसैगरी, उदयपुरमा ६९ जना, भोजपुरमा ६८, सङ्खुवासभामा ६७, ओखलढुङ्गामा २९, पाँचथरमा २१, सोलुखुम्बुमा ६, इलाममा पाँचजना, खोटाङमा चारजना र तेह्रथुममा दुईजनामा डेङ्गी सङ्क्रमण भएको पाइएको छ ।

गत वैशाखदेखि नै कोशी प्रदेशका अधिकांश जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिन थालेको थियो । वैशाखदेखि असारसम्म कोशीमा तीन सय ८६ जनामा डेङ्गी सङ्क्रमण भइसकेको थियो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us