सुनसरी, १२ भदौ– सुनसरीको धरानमा खुकुरी प्रहारबाट किशोरीको हत्या भएको छ ।
धरान उपमहानगरपालिका–३ माछाभौडीमा खुकुरी प्रहार गरी बालिकाको हत्या भएको हो । मृत्यु हुनेमा १४ वर्षीया युनिशा शाही छन् । उनको छातीमा गहिरो चोट लागेको छ ।
शाहीसँगै उनकी आमा ३७ वर्षीया सिर्जना शाहीमाथि पनि खुकुरी प्रहार भएको थियो । सिर्जनाको बायाँ पाखुरामा गहिरो चोट लागेको छ ।
सिर्जनाका बहिनीज्वाईं खाँदबारी नगरपालिका–२ का ३३ वर्षीय बबिन बरालले खुकुरी प्रहार गरेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीम दाहालले जानकारी दिए ।
आफ्नै मोबाइल पससमा बसिरहेका बेला घरासयी विवादमा सिर्जना र बबिनबीच विवाद भएको थियो । घटनामा गम्भीर घाइते आमाछोरीलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।
युनिषालाई चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए । यसैबीच प्रहरीले घटनामा संलग्न बराललाई खुकुरीसहित नियन्त्रणमा लिएको छ ।