काठमाण्डु, ११ भदौ– एमालेका सांसद रघुजी पन्तले पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूलाई प्रतिपक्ष दलको नेता नचाहिए जनार्दन शर्मा वा अन्य नेतालाई दिन आग्रह गरेका छन ।
आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै एमाले सांसद पन्तले यस्तो बताएका हुन । उनले यसअघि बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले लेखा समितिको सभापति मात्र होइन प्रतिपक्ष दलको नेता पनि लिन भन्दै आक्रोश पोखेका थिए ।
जवाफमा पन्तले प्रचण्डलाई उक्त पद नदिएको भन्दै माओवादी संसदीय दलको नेतालाई उपलब्ध गराउने पद भएको बताए । उनले भने, ‘संविधान पढ्नुस् नेताजी प्रमुख प्रतिपक्ष हामीले खोजेर पाउने पद हो ? तपाईंलाई दिएको हैन तपार्इंको पार्टीलाई दिएको हो ।
मन लाग्दैन भने तपाईँको छेउमा जनार्दन बस्नुभएको छ । उहाँलाई दिनुस् ।’ नेता पन्तले सरकार र प्रधानमन्त्री पद गुमेपछि कति औडाह र छटपटी भएको भन्दै भने,‘हिजो सत्ता जता, त्यतै प्रचण्ड भनेर स्थापित गर्ने मान्छे तपाईं हैन ?’