कांग्रेस सचेतक थिङको प्रश्नः नक्कली शरणार्थी प्रकरण देख्ने, सहकारी नदेख्ने ?

काठमाण्डु टुडे २०८१ भदौ ११ गते १७:२६ मा प्रकाशित

काठमाण्डु, ११ भदौ– कांग्रेसकी सांसद सुशीला थिङले संसदमा अरुमाथि प्रश्न उठाउँदा आफूमाथि उठेको प्रश्नबारे पनि ख्याल गर्न आग्रह गरेकी छन ।

आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले सरकारले भ्रष्टाचारसँग सम्बन्धित मुद्दाहरु अगाडि नबढाएको भनेर प्रश्न गरिरहेका बेला कांग्रेस संसदीय दलकी प्रमुख सचेतक थिङले यस्तो बताएकी हुन ।

उनले प्रश्न गर्दै भनिन्, ‘भुटानी शरणार्थी काण्ड देख्ने, अरु काण्ड के के देख्ने, नागरिकता, पासपोर्ट र सहकारी थलै पर्न लागेको काण्ड देख्दै नदेख्ने यो के भएको हो ।’

अदालतमा विचाराधीन विषय सदनमा उठाउन नपाइने भन्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदमा छलफल हुन नहुने धारणा व्यक्त गरेकी छन ।

उनले भनिन्, ‘यदि यो विषय सदनमा कसैले उठाउँछ भने सभामुखद्वारा रुलिङ होस् यो विषयमा बोल्न पाइँदैन् भनेर । यदि रुलिङ भएन भने म आफैं नियमापत्ति गर्नेछु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us