सुनसहित विमानस्थलबाट २ जना पक्राउ

काठमाण्डु टुडे २०८१ भदौ ११ गते १३:४९ मा प्रकाशित

काठमाण्डु, ११ भदौ– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासीको बर्दघाट नगरपालिका–४ घर भएका २७ वर्षीय प्रशान्त गैरे र सप्तरी सुरुङ्गा नगरपालिका–३ घर भएका ४१ वर्षीय सन्तोषकुमार कुँवर रहेको प्रहरीले जनाएको छ ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट उनीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट ८१ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।

हिमालयन एयरलाइन्सको उडानद्वारा कतारबाट गैरे काठमाण्डु आएका थिए । उनैले ल्याएको सुन कुँवरले रिसिभ गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि प्रहरी वृत्त गौशालामा पठाइएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us