गुल्मीमा एक जना पुरुष मृत फेला

काठमाण्डु टुडे २०८१ भदौ ११ गते १३:४४ मा प्रकाशित

काठमाण्डु, ११ भदौ– गुल्मीमा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन । गुल्मीको इस्मा गाउँपालिका– ५ का ५५ वर्षीय टोपबहादुर चुदरा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

चुदरा इस्मा गाउँपालिका–१ झर्नास्थित तम्घास सिमलटारी सडकदेखि ७ मिटर खेत बारीमा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुशन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us