काठमाण्डु, ११ भदौ– दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका १० नारायणपुरका ६८ वर्षीय वुद्धिराम चौधरी रहेका छन ।
गोठको छानामा फलेको लौका टिप्ने क्रममा करेन्ट लागेर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दाङले जानकारी दिएको छ । चौधरीले नारायणपुर बजारमा डेरी व्यवसाय गर्दै आएका थिए ।