काठमाण्डु, ११ भदौ– सांसदहरुले राजदूत नियुक्ति सिफारिस समावेशी नभएको भन्दै सरकारको कडा आलोचना गरेका छन । आज मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा धारणा राख्ने नेकपा माओवादी केन्द्र, राप्रपा पशुपति शमशेर राणा, प्रकाश अधिकारी, आनन्दप्रसाद ढुंगाना लगायतले सिफारिस समावेशी नभएको भन्दै सरकारको आलोचना गरेका हुन ।
सरकारले हालै १७ जना राजदूत सिफारिस गरेको सन्दर्भमा संसदीय समितिको बैठकमा छलफल भइरहेको छ । छलफलमा भाग लिँदै नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले संविधानमा लेखिएको कुरा कार्यान्वयनका लागि भएको भन्दै राजदूत नियुक्ति सिफारिस समावेशी बनाउनुपर्ने घारणा राखेका छन ।
कांग्रेसका आनन्दप्रसाद ढुंगानाले समावेशी समानुपातिकका बारेमा अहं प्रश्न उठेको भन्दै ती प्रश्नलाई सम्बोधन गर्नुपर्ने बताएका छन ।