चट्याङ लागेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ ११ गते १२:४० मा प्रकाशित

काठमाण्डु, ११ भदौ– सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालीमाटी गाउँपालिका–१, लक्ष्मीपुर सातखोलाका ५६ वर्षीय दलबहादुर कार्की रहेको प्रहरीले जानकारी दिएको छ ।

सोमबार बेलुका कार्की आफ्नै घर नजिकैको गोठमा गएका बेला चट्याङले हानेको जिल्ला प्रहरी कार्यलय सल्यानले जानकारी दिएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा लिइएको थियो ।

त्यहाँ उनलाई डाक्टरले मृत घोषणा गरे । कार्की स्थानीय कालीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत रहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us