न्यायिक निकायले ममाथिको कारबाही बदर गरेपछि रवि लामिछाने राजीनामा दिन बाध्य हुन्छन्ः मुकुल ढकाल

काठमाण्डु टुडे २०८१ भदौ ११ गते १२:३२ मा प्रकाशित

काठमाण्डु, ११ भदौ– रवि लामिछाने नेतृत्वको रास्वपाले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि डा. मुकुल ढकालले न्यायिक निकायले आफूमाथिको कारबाही बदर गर्ने बताएका छन ।

आज (मंगलबार) बसेको पार्टी केन्द्रीय कमिटी बैठकले साधारण सदस्यबाटै निष्कासन गरेपछि डा. ढकालले यस्तो बताएका हुन । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन गर्ने अधिकार क्लबलाई छैन । न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि , नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनपर्छ ।’

उनले रास्वपा सभापछत रवि लामिछानेलाई नैतिक रूपले पतित पात्र भएको भन्दै सहकारी प्रकरणका सवालमा आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडेको आरोप पनि लगाएका छन ।

उनले लेखेका छन्, ‘रवि लामिछानेले आफूँविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेका छन् । यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्‍याउने दुस्साहस गर्दै छन् ।

सम्बन्धित निकायको ध्यान जाओस् । र फेरी पनि नैतिक रूपले पतित रविलाई नैतिकता कै प्रश्न , अनुसन्धानमा रहिरहेको विषयउपर भ्रम छर्न नलाग्नुहोस् , एउटा पूर्व गृहमन्त्रीलाई त्यो शोभा दिँदैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us