काठमाण्डु, १० भदौ– प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित तिमल्सिना चोकबाट लागु औषध ट्रामाडोल सहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।
महालक्ष्मी–६ स्थित सानागाउँ बस्ने २९ वर्षीया सबिना महर्जन, २९ वर्षीय समित राजबंशी, गोदावरी नगरपालिका–७ बस्ने ३५ वर्षीय पदम लामा र महालक्ष्मी नगरपालिका–९ बस्ने २९ वर्षीय अमुल पोखरेल लाई नियन्त्रणमा लिइएको ललितपुर प्रहरीले जानएको छ ।
उनीहरुलाई आइतबार साँझ तिमल्सिना चोक स्थित चियाचु क्याफेबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिएका छन ।
प्रहरीले उनीहरूको साथबाट लागु औषध ट्रामाडोल ७० पत्ता र खुकुरी एक थान बरामद गरेको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।