काठमाण्डु, १० भदौ– पाल्पामा कार कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । पाल्पाको तानसेन नगरपालिका–१, नारनडाँडास्थित तानसेन–रानीमहल सडक खण्डमा आइतबार राति कार दुर्घटना हुँदा भारतीय नागरिक उत्तर प्रदेश बस्ने २८ वर्षीय विकास पाठकको मृत्यु जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएका पाठकलाई उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरीले कार्यलय पाल्पाले जानकारी दिएको छ ।
तानसेनबाट रानीमहलतर्फ जाँदै गर्दा भारतीय नम्बर प्लेटको यूपी १४ डीएन १०४ नम्बरको कार आफैँ अनियन्त्रित भई सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिएका छन ।