भारतीय कार दुर्घटनामा चालकको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ १० गते ९:४० मा प्रकाशित

काठमाडण्डु, ११ भदौ- पाल्पाको तानसेन नगरपालिका १ नारनडाँडास्थित तानसेन रानीमहल सडक खण्डमा पाल्पाको भारतीय गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले तानसेनबाट रानीमहलतर्फ जाँदै गरेको यूपी१४डिएन१०४ नम्बरको भारतीय आइतबार राती पौने ११ बजेतिर सडकबाट १ सय ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा कार चालक भारत उत्तर प्रदेशका २८ वर्षीय विकास पाठकको मृत्यु भएको श्रेष्ठले बताए । दुर्घटनामा गम्भीर घाइते भएका पाठकलाई उपचारको लागी मिसन अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

कार आफैं अनियन्त्रित भएर खसेको श्रेष्ठले जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us