काठमाण्डु, ९ भदौ– सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा काँग्रेस सांसद् मञ्जु खाँण र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् हरि ढकालबीच चर्काचर्की भएको छ ।
नेपाल विद्युत प्राधिकरणलाई डेडिकेटेड र ट्रंक लाइनको विद्युत कब्यौता असुल गर्न निर्देशन दिनका लागि सिंहदरबारमा समिति बैठक बसेको थियो । बैठकमा काँग्रेस नेता बालकृष्ण खाँण पत्नीसमेत रहेका मञ्जुले रास्वपा लक्षित अभिव्यक्ति दिएपछि ढकाल आक्रोशित भए ।
मञ्जुले आफूहरु शहीद हुन तयारु भएर लोकतन्त्रका लागि लडेको र जेलनेल खाएको बताइन् । उनले आफू सञ्चार माध्यमबाट धेरै नै प्रताडित भए पनि चुपचाप बसेको उल्लेख गरिन् । रास्वपातर्फ लक्षित गर्दै मञ्जुले भर्खरै दल खोलेर संसदमा आएकाहरुले जथाभावी बोल्ने गरेको आरोप लगाइन् । ‘हामी प्रजातन्त्रका लागि लडेका थियौं । जेलनेल गएर आएका थियौं । हामी शहीद भएर फोटो टाँसिन्थ्यो होला । हामी शहीद हुन तयार भएर प्रजातन्त्रका लागि लडेर आएका मानिसहरु हौं’, उनले भनिन्, ‘भर्खर मात्रै पार्टी खोलेर नयाँ साथीहरु पार्लियामेन्टमा आउँदै गर्दाखेरि उहाँहरु दुःख गरेर आउनुभएको थिएन । त्यही भएर होला धेरै कुरा नबुझीकन जथाभावी पनि बोल्दै गर्दा म चुप लागेर बसें । कहिले काहीं चुपै लागेर बस्दा ठीक हुन्छ ।’ उनले सञ्चार माध्यममा बैठकले कुलमानमाथि कारबाही गर्ने तयारी भन्ने समाचार आएको भन्दै उनले त्यसको खण्डन गरिन् । समाचारमा उल्लेख भएअनुसार आफूहरुलाई पार्टी नेतृत्वबाट कुलमानमाथि कारबाही गर्न कुनै निर्देशन नआएको उनको प्रष्टीकरण थियो ।
उनीपछि बोलेका रास्वपाका ढकालले भ्रष्टाचारका मुद्धा उठाउँदा जथाभावी भन्दै भन्ने खाँणको प्रतिवाद गरे । उनीतर्फ लक्षित गरेर ढकालले ९ सय नेपालीलाई भुटानी बनाएर अमेरिका लैजान खोजिएको विषयमा बोल्दा जथाभावी नहुने बताए । ढकालले ०६२÷०६३ को जनआन्दोलनमा आफू पनि सहभागी भएको र गोंगबुमा कानको छेउबाटै गोली गएकाले जेलनेलका कुरा नगर्न भने ।
ढकालले के भने ?
माननीय ज्यूले नयाँ हुनुहुन्छ जथाभावी बोल्नुहुन्छ भन्नुभयो । भ्रष्टाचारका मुद्धाहरु उठाउँदा जथाभावी हुन्छ ? हुँदैन । ९ सय जना मान्छेलाई गैरनागरिक बनाएर विदेशमा बेचेको कुरा जथाभावी हुँदैन । बेचेको कसकसले हो थाहा भएन । भुटानी शरणार्थी काण्ड त छर्लङ्ग होला नि अगाडि ? कि थिएन ? यो जथाभावी होइन । म खण्डन गर्न चाहन्छु । जेलनेलका कुरा रहे । जेलनेल बस्ने बेलामा म नजन्मिँदै गर्दा माननीय अर्जुननरसिंह केसीज्यू राज्यमन्त्री भइसक्नुभएको थियो ।
०६२/०६३ को आन्दोलनमा राजनीतिक चेतना थियो । त्यो आन्दोलनमा सकेको जति योगदान गर्न हामी पनि लागेका थियौं । गोंगबुमा मेरो कानको छेउबाट गोली पनि गएको थियो । त्यस कारण जथाभावी भन्ने शब्दको म घोर निन्दा गन चाहन्छु । भत्र्सना गर्न चाहन्छु । नयाँ आएकाले बुझ्दै नबुझेका होइनन् । बुझेर बोल्ने गरेको छ । तथ्यहरुमा टेकेर बोल्ने गरेको छ । विधिको शासन, उन्नत तोलकतन्त्र र नीति नियम पालना भएको देशको कल्पना गरौं । विद्युत महसुल उठाउन ९ वर्ष लाग्दो रहेछ । यो कसले गरेको ? म नयाँले गरेको ? मनिष झाले गरेको ? असिम साहले गरेको ? कसले गरेको ? कि हामी आएको भएर भएको हो यस्तो ? जथाभावी होइन । एउटा संरचना ठीकठाक छैन । राजनीतिक रुपमा भागबण्डा ग-यो । पठायो मान्छे । जथाभावी चाहिं यो हो । बिजुलीको बक्यौता उठाउन ९ वर्ष लागेको कुरा जथाभावी हो ।
यत्रा ३५ वर्ष जथाभावी भएको रहेन छ आज गरौं न । १५ दिनभित्र महसुल उठाउन निर्देशन दिएर जथाभावी गरांंैं । कुलमानलाई ल्याएर बीचमा राखेको छ । पहिला पैसा उठाउँ अनि कुलमानका बारेमा छलफल थालौं । बोल्छौं तीन वर्ष जथाभावी, सुन्ने कान चाहिं बलियो बनाउनुहोला । योभन्दा लाजमार्दो कुरा कति होला । मिटर लगेर जडान गरेको ठाउँको पैसा तिनुपर्छ भनेको ९ वर्ष भयो । व्यापारीहरु र नेताहरुको घाँटी जोडिएको छ । विद्युत महसुस असुल गरे चुनावमा चन्दा नदेलान् भन्ने चिन्ता । यो २२ अर्ब तिराऔं । अर्को चुनावमा व्यापारीले चन्दा दिँदैनन् । अनि चुनाव ठीकठाक हुन्छ । थजाभावी नगरौं । गर्न दिँदैनौं । यो कार्यकालमा जथाभावी गर्न दिँदैनौं । तपांहरु जथाभावी नगर्नुस् ।